रास्वपा नेताले मातेर फोनमै मनपरी
रास्वपा कपिलवस्तुले जिल्ला संगठन विभागको जिम्मेवारी दिएका रिखिराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
जिल्ला सभापति शिवकुमार सुवेदीले आफूलाई रक्सीले मातेर फोनमा जथाभावी गाली गलौज गरेको भन्दै रिखिरामाथि कारबाही प्रक्रिया अघि बढाएका हुन् ।
शुरुमै सुवेदीलाई यसरी हकारिएको छ, ‘तपाईँ मुर्दार झल्लु, नालायक ।’
रास्वपाले भट्टराईलाई सामाजिक सञ्जालमा फलोअर्स बढी भएकै आधारमा संगठन विभाग प्रमुखको जिम्मेवारी दिएको सुवेदीको भनाइ छ । फोनवार्ताको शुरुमै सुवेदीलाई यसरी हकारिएको छ, ‘तपाईँ मुर्दार झल्लु, नालायक ।’

टिप्पणीहरू