‘पोष्ट जेन–जी रिभोल्युशन’ कार्यक्रममा अमेरिका जाँदै मन्त्री
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई अमेरिकाको कार्यक्रम तय भएपछि आपत आइलागेको छ । रातो पासपोर्ट र सरकारी सुविधामा अमेरिका घुमघाम गर्ने पूर्व निर्धारित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा मागेपछि प्रश्न चिन्ह लागेको छ ।
आगामी फागुन २१ गतेको निर्वाचनमा रास्वपाको तर्फबाट उम्मेदवार बन्ने योजनामा रहेका ऊर्जामन्त्री तथा रास्वपा उपसभापति कुलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेल र गुप्तालाई हिजो प्रधानमन्त्री कार्कीले राजीनामा दिएपछि मात्रै राजनीतिमा सक्रिय हुन सकिने बाटो देखाइदिनुभएको थियो । तर, मन्त्रिपरिषद् बैठकले आफ्नो अमेरिका भ्रमण स्वीकृत गरिसकेकाले एक पटक उता पुगेर आउन उनले अठोट गरेको खबर पनि बाहिरिएको छ ।
हिजोको क्याबिनेट बैठकले अमेरिकामा हुने ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोष्ट जेन जी रिभोलुसनमा’ युवा तथा खेलकुद मन्त्रीलाई पठाउने निर्णय गरेको छ । उक्त कार्यक्रम आगामी माघ ३ गतेदेखि हुने पछिल्लाे क्याबिनेट बैठकको माइन्युटमा उल्लेख छ ।
टिप्पणीहरू