देउवा निवासमा राजेन्द्र लिङ्देन पौने घण्टा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
दुई जनाबीच आज अपराह्न करिब पौने घण्टा छलफल भएको बताइएको छ । देउवा भेट्न लिङ्देन अपराह्न साढे ४ बजे महाराजगन्जस्थित चुनदेवी मार्गमा रहेको देउवा निवास पुगेका थिए ।
राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार उनीहरुबीच आसन्न चुनाव र समकालीन राजनीतिबारे कुराकानी भएको छ । साथै, पृथ्वी जयन्तीका अवसरमा पार्टीले आयोजना गर्न लागेको चियापान कार्यक्रममा सहभागी हुन लिङ्देनले देउवालाई निम्तो दिएको पनि उनले जानकारी दिए ।
प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै राजनीतिक ध्रुवीकरण बढेको छ भने शीर्ष नेताहरूको भेटघाट बाक्लिएको छ ।
टिप्पणीहरू