तीन पूर्व प्रधानमन्त्रीलाई सुरक्षा यथावत

तीन पूर्व प्रधानमन्त्रीलाई सुरक्षा यथावत

सरकारले पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा,केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा व्यवस्था बढाउन तयारी थालेको छ । निर्वाचनको मिति नजिकिँदै गएको र सुरक्षा अवस्था कमजोर भएको गुनासोसङ्गै गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई थप सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

गृह स्रोतका अनुसार तीनैजना पूर्व प्रधानमन्त्रीलाई पछुवा गाडीसहित थप सुरक्षा उपलब्ध गराउन आवश्यक निर्देशन भइसकेको छ । यसअघि  जेनजी आन्दोलनको निहुँ देखाएर मापदण्डभन्दा बढी सुरक्षाकर्मी फिर्ता लिइएको थियो । 

निर्वाचनमा तोकिएका मतदानस्थलको गतिविधि र सार्वजनिक कार्यक्रम बढ्ने भएकाले आवश्यकताअनुसार अन्यत्र पनि सुरक्षा व्यवस्था थप गरिने गृह स्रोतले जनाएको छ ।

टिप्पणीहरू