घोषणापत्र लेख्दै एमाले
आगामी प्रतिनिधि सभा निर्वाचनको लागि नेकपा (एमाले)ले घोषणा पत्र लेखनको तयारी गरेको छ । आज बसेको सचिवालयले बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा समिति गठन गरेको हो ।
समितिमा ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् । ओली नेतृत्वको उक्त समितिले समय सापेक्षित चुनावी घोषणा पत्र तयार पार्ने बताइएको छ ।
बैठकले उपाध्यक्ष थापाको संयोजकत्वमा निर्वाचन परिचालन समिति पनि गठन गरेको छ । समितिमा विष्णु रिमाल, छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल र भिस्म अधिकारी सदस्य छन् ।
त्यस्तै, राष्ट्रिय सभाको निर्वाचनमा हुने सम्भावित गठबन्धनमा ७ सिट दावी गर्ने बैठकको निर्णय छ । पार्टीले सात प्रदेशमा निर्वाचनको संयोजन गर्नेगरी नेताहरुकाे जिम्मेवारी बाँडफाड समेत गरेकाे छ । कोशीमा शेरधन राई, मधेशमा लिलानाथ श्रेष्ठ, बागमतीमा महेश बस्नेत, गण्डकीमा खगराज अधिकारी, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिममा गणेश ठकुन्नालाई संयोजक तोकिएको हो ।
टिप्पणीहरू