भ्रष्टाचार समाचारप्रति क्यान महासंघकाे आपत्ति

भ्रष्टाचार समाचारप्रति क्यान महासंघकाे आपत्ति

बहालवाला अध्यक्ष र पूर्वअध्यक्षमाथि रकम हिनामिनाको आरोपसहित प्रकाशित समाचारप्रति कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) ले आपत्ति जनाएको छ । घरजग्गा कोषबाट रकम अपचलन गरेको आरोपमा कुनै सत्यता नभएको महासंघले बताएको छ । गत पुस ७ गते जनआस्था डटकममा ‘क्यान महासंघमा भ्रष्टाचारको चर्चा, खाता रोक्काको सम्भावना’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । 

३२ औं साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा सदस्यहरुले महासंघको अध्यक्ष सुनैना पाण्डेसहितका पदाधिकारीमाथि घरजग्गा कोषबाट ३३ लाख रुपैयाँ निकालेर अपचलन गरेको आरोप लगाएका थिए । त्यसैगरी, आर्थिक पारदर्शिता र सुधारको विषयमा पनि प्रश्न उठेको थियो । संस्थाले भ्याट रकमबापत लाखौं रुपैयाँ नतिरेकाले खाता कालोसूचीमा पर्ने सम्भावना रहेको समाचारमा उल्लेख छ । 

उक्त समाचार तथ्यहीन रहेको दाबी गर्दै त्यसले संस्थाको गरिमा, प्रतिष्ठामाथि आँच पुगेको महासंघको ठहर छ । महासंघले भनेको छ,‘विशेषगरीः घरजग्गा कोषबाट रकम अपचलन गरिएको भनाइ, अध्यक्ष तथा पूर्वअध्यक्षमाथि व्यक्तिगत रुपमा लगाइएका आरोप, तेस्रो व्यक्तिसँग जोडिएका कथित हिनामिना र भ्याटसम्बन्धी दाबी असत्य, आधारहिन तथा भ्रम फैलाउने प्रकृतिका देखिन्छन् ।’

याे पनि....

क्यान महासंघमा भ्रष्टाचारको चर्चा, खाता रोक्काको सम्भावना
 

टिप्पणीहरू