कुलमानसँग कुरा नमिलेपछि बन्दसूची हेरफेर

कुलमानसँग कुरा नमिलेपछि बन्दसूची हेरफेर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकको बन्दसूची अद्यावधिक गराएको छ । 

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँग एकता भाँडिएपछि रास्वपाका प्रतिनिधिले आज बिहान आयोग कार्यालय पुगेर बन्दसूचीमा रहेको नाम हेरफेर गराएका हुन् ।

बन्दसूची पेश गर्ने दिन पुस १४ गते उज्यालो नेपाल रास्वपामा समाहित भएपछि संयुक्त नाम पेश गरिएको थियो । तर, हिजो रास्वपाको तर्फबाट एकाएक एकताको सहमति भङ्ग भएको घोषणा भएको थियो ।

सचिवालयको आकस्मिक बैठक राखेर उनेपासँग पुस १४ गते गरेको सहमति अनुमोदन नगर्ने निर्णय गराइएको थियो । आज आयोगमा गएर समानुपातिक तर्फबाट उम्मेदवारको अद्यावधिक सूची बुझाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
 

टिप्पणीहरू