ओलीविरोधी प्रदर्शनमा सहभागी हुन काँग्रेस भातृसंगठनहरूको आग्रह

ओलीविरोधी प्रदर्शनमा सहभागी हुन काँग्रेस भातृसंगठनहरूको आग्रह

प्रतिनिधिसभा विघटनपछि आन्दोलनमा उत्रिएको नेपाली काँग्रेसका भातृसंगठनहरूले ओलीविरुद्धको आन्दोलनमा सक्रिय हुन आव्हान गरेका छन् । आज माघ १९ गते ७७ वटै जिल्लामा एकसाथ हुने प्रदर्शनमा सहभागी हुन उनीहरूले अपिल गरेका हुन् ।

नेपाली काँग्रेसका भातृसंगठनहरू नेपाल महिला संघ,नेपाल विद्यार्थी संघ,नेपाल प्रजातान्त्रिक सेनानी संघ,नेपाल दलित संघ,नेपाल राष्ट्रिय मगर संघ,नेपाल मुस्लिम संघ,नेपाल तामाङ संघलगायत १३ वटा संगठनले उक्त आग्रह गरेका हुन् ।

काँग्रेसले प्रधानमन्त्री ओलीको असंवैधानिक सिफारिसमा भएको प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक कदम भएको निश्कर्ष निकाल्दै लगातार बिरोध गरिरहेको छ । आज आयोजना गरिएको संयुक्त कार्यक्रममा सहभागी जनाउन उनीहरूले आफ्ना सदस्य, समर्थक, शुभचिन्तकलगायत सबैलाई अनुरोध गरेका हुन् ।

टिप्पणीहरू