ओली समूहका विद्यार्थीलाई टोपबहादुरको प्रशिक्षण

ओली समूहका विद्यार्थीलाई टोपबहादुरको प्रशिक्षण

सरकारी नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले शुक्रबार कार्यकर्ता भेला गर्दैछ । आरआर क्याम्पसमा हुने भेलालाई उपप्रधानमन्त्री ईश्वर पोखरेल र उर्जामन्त्री टोपबहादुर रायमाझीले सम्बोधन गर्ने बताइएको छ ।

निर्वाचनको तयारी भन्दै देशभर बैठक, भेला र आमसभा गर्दै आएको ओली समूहले सर्वोच्च अदालतको फैसलापछि पनि घोषित कार्यक्रमलाई निरन्तरता दिने बताइसकेको छ ।

नेकपा विभाजनपछि रक्षात्मक अवस्थामा पुगेको ओली समूहलाई संसद पुन:स्थापना गर्ने सर्वोच्चको फैसलाले थप कमजोर बनाएको छ । त्यसैले पूर्वनिर्धारित कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको बताइएको छ ।

टिप्पणीहरू