मनमोहनले चलाएको ठाउँमा..

०४८ सालको पहिलो बहुदलीय प्रतिनिधि सभामा मनमोहन अधिकारीले प्रमुख प्रतिपक्षी दलको नेता भएर सँसदीय राजनीति सन्चालन गरेको ठाउँमा नेकपाको सचिवालय बैठक भर्खरै सम्पन्न भएको छ । सोही बैठकले नेकपा स्थायी र केन्द्रीय कमिटीको बैठक डाक्ने,निर्वाचन आयोगलाई सोध्ने निर्णय गरेको छ ।

सिंहदरबारमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल,वरिष्ठ नेता झलनाथ खनाल,प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेताहरुको अनौपचारिक बैठकले उक्त सहमति गरेको हो ।

सर्वोच्च अदातलको संसद पुनर्स्थापनासम्बन्धी पछिल्लो फैसलापछि उत्पन्न राजनीतिक घटनाक्रमलाई ध्यानमा राखेर पार्टीले तत्काल बैठक बोलाउने निर्णय गरेको हो । साथै, पार्टीको आधिकारिकतासम्बन्धी दाबीमाथि निर्वाचन आयोगले गरेको अनावश्यक ढिलाइसम्बन्धमा तत्काल निर्णय गर्न अनुरोध गर्ने निर्णय समेत गरिएको छ ।

आजको बैठकमा स्थायी समिति सदस्यहरु भीम रावल, रामनारायण बिडारी,देवेन्द्र पौडेल, देव गुरुङ्ग,वर्षमान पुनलगायतको उपस्थिति थियो ।

टिप्पणीहरू