नेविसंघको पुस्तिकामा माधव नेपालको हस्ताक्षर

नेविसंघको पुस्तिकामा माधव नेपालको हस्ताक्षर

नेकपा (बहुमत) का अध्यक्ष माधवकुमार नेपालले नेपाल विद्यार्थी संघ (नेविसंघ) को आन्दोलनमा ऐक्यबद्धता जनाउनुभएको छ । नेविसंघले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय बाहिर गरेको अनशनस्थलमा पुगेर नेपालले विद्यार्थीको मागप्रति समर्थन जनाउनुभएको हो ।

नेविसंघले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्काल घोषणा गर्नुपर्ने,त्रिविको क्यालेण्डरअनुसार नयाँ भर्ना शुरु गर्नुपर्ने,संघ र त्रिभुवन विश्वविद्यालयबीच भएको २३ बुँदे सहमति कार्यान्वयन हुनुपर्नेलगायतका माग राखी उपकुलपति कार्यालयको ढोकैमा एक महिनादेखि रिले अनसन गरिरहेको छ ।

नेपाल नेविसंघको आन्दोलनमा सहभागी हुनकै लागि त्यहाँ जानुभएको भने होइन । अर्को कुनै कार्यक्रममा भाग लिएर फर्कने क्रममा त्यहाँ पुग्नुभएको हो । सो क्रममा उहाँले विद्यार्थी आन्दोलनमा आफ्नो समर्थन रहेको भन्दै त्यहाँ राखिएको पुस्तिकामा हस्ताक्षर पनि गर्नुभएको थियो ।

टिप्पणीहरू