पार्टी फुटेको बेला मलाई दशथरि पीर
उपर्युक्त सम्बन्धमा त्यस आस्था प्रकाशन प्रा.लिको ई–पेपर संस्करण janaaastha.com मा २०७७ फाल्गुन १२ गते २ बजे म रमेश पौडेलको नाम जोडेर प्रकाशन भएको ‘टिपरका नाममा कमरेडको कमाल’ शीर्षक समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ । मेरो राजनीतिक, सामाजिक र पारिवारिक जीवनमा असर पर्ने यस्तो खालको समाचार प्रकाशन भएकोमा बुँदागत खण्डन गर्न चाहन्छु ।
१.विमल बगालेलगायत १३ जनासँग टिपर हाल्ने नाममा ७ लाखका दरले रकम लिएको भनेर उल्लेख गरिएको रहेछ । सो सिमेन्ट कम्पनीमा कसले कति वटा टिपर राखेका छन् मलाई थाहा भएन तर मेरो नाममा एउटा पनि टिपर छैन र कसैसँग ७ लाख होइन ७ पैसा पनि लिएको छैन ।
२. रमेश कार्कीको केस मिलाउने नाममा १८ लाख लिएको भनिएको रहेछ । ती व्यक्ति जेल परेपछि केही साथीको आग्रहमा पोखरा गएको र मुद्दा लड्न वकिलको व्यवस्था पनि गरिएको हो तर त्यहाँ भनेजस्तो १ रूपैयाँ पनि लिएको छैन ।
३. मैले क्याम्पसमा काम गर्दाताका टियु र प्लस टुको ट्रान्सक्रिप्ट निकाल्न काठमाडौं जानुपर्ने बाध्यता थियो । त्यसैले सो कार्यको सहजीकरणका लागि ३६ होइन ५ सयभन्दा बढीको केही सेवा शुल्क लिएर ट्रान्सक्रिप्ट निकालिदिने काम गरेको हो । के काम गर्न नपाउने हो ?
४. राजेश तिवारी, निरज पाण्डे र चन्द्रबहादुर क्षेत्रीसँग जोडिएको व्यावसायिक साझेदारीको विषयमा उठाइएको विषय र देखाइएको निवेदन एक वर्षअघि नियोजित रूपमा उठाइएको विषय हो (जुन बेला पार्टी एक थियो र अहिले पार्टी फुटको संघारमा रहेको र फरक टिममा रहेको कारण भएको राजनीतिक हमला हो ।) र, सो पैसा उनीहरूसँग व्यावसायिक साझेदारीका लागि लिइएको थियो । पैसा जे प्रयोजनका लागि लिइएको थियो त्यही काम भएको छ, जमिन किनिएको छ ।
साथीहरूलाई पनि बारम्बार बेच्न भनिराखेकै छु । संवाद भइराखेको छ र केशव भण्डारीसँगको विषयमा धेरै भन्न मन छैन । उद्योग वाणिज्य संघको अध्यक्षजत्तिको व्यक्तिको पैसा फँसाइयो भन्ने कुरा नै हास्यास्पद छ । र, कति पैसा फसेको छ भन्ने कुरा पनि उहाँसँगै सोध्दा थाहा होला । साथै, मेरो नाममा जिल्ला अदालतमा मुद्दा परेको भन्ने विषयमा मलाई कुनै जानकारी नभएको व्यहोरा अनुरोध गर्दछु ।
– रमेश पौडेल, नवलपरासी
टिप्पणीहरू