पहिलो जनआन्दोलनका शहिदको सम्झना

पहिलो जनआन्दोलनका शहिदको सम्झना

पञ्चायतविरोधी जनआन्दोलनमा ज्यान गुमाई शहिद भएकाहरुको सम्झनामा शहिद स्मृति व्वस्थापन समाज,कीर्तिपुरले माल्यार्पण कार्यक्रम सम्पन्न गरेको छ । वि.सं. २०४६ को पञ्चायतविरोधी जनआन्दोलनमा ज्यान गुमाएका शहिदहरुको शालिकमा शुक्रबार बिहान माल्यार्पण गरिएको हो ।

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कीर्तिपुर नगरपालिका ३ खसीबजारस्थित प्रहरी वृत्तको अगाडि रहेका शहिदहरुको शालिकमा माल्यार्पण गरिएको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले शहिदहरु समाजको अग्रज मात्रै नभएर पथप्रदर्शक समेत भएकाले उनीहरुको सम्मान गर्नुपर्ने बताउनुभयो । यस्तै कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले स्थानीय निकायको तर्फबाट पनि शहिदलाई सम्मान हुने किसिमले कार्यक्रमहरु ल्याउने बताउनुभएको छ ।

बागमती प्रदेशसभा सदस्य पुकार महर्जन,नेकपा एमालेका केन्द्रीय सदस्य सुरेन्द्र मानन्धर,कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनलगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

पहिलो जनआन्दोलनमा कीर्तिपुर नगरपालिकाका विभिन्न स्थानमा लनबहादुर महर्जन,हिराकाजी महर्जन,राजमान माली र राजेन्द्र महर्जन गरी चार जनाले शहादत प्राप्त गरेका थिए ।

टिप्पणीहरू