कृषिमा वैदेशिक लगानी कति ?
कृषिमा वैदेशिक लगानी भित्र्याउँदा क्षेत्र स्पष्ट हुनुपर्ने सांसदहरुले बताएका छन् । उनीहरुले सरकारले कृषिमा विदेशी लगानी भित्र्याउने कुरा गरे पनि प्राथमिकताको क्षेत्र स्पष्ट नभएको दावी गरेका हुन् ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका बैठकमा बोल्दै समिति सभापति विमलप्रसाद श्रीवास्तवले कृषिको कुन कुन क्षेत्रमा विदेशी लगानी आवश्यक हो सोबारे स्पष्ट हुनुपर्ने बताउनुभयो ।
उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले कृषि उत्पादनलाई आत्मनिर्भर बनाउँदै निर्यातको चरणमा जान ठूलो लगानीको आवश्यकता पर्ने भएकाले कृषिमा वैदेशिक लगानीको आवश्यकता देखिएको बताउनुभयो ।
उहाँले स्वदेशमै रोजगारी सिर्जना गर्न, उद्योगहरु स्थापना गर्न राज्यले आवश्यक ठानेर नै कृषिमा विदेशी लगानी भित्र्याउन लागेको स्पष्ट पार्नुभएको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव प्रेमनारायण कँडेलले नेपालको प्राथमिक उत्पादनलाई हानी नहुने गरी कृषिमा विदेशी लगानी भित्राउनुपर्नेमा जोड दिनुभएको थियो ।
टिप्पणीहरू