विजेता खेलाडीलाई अखिलको सम्मान

अनेरास्ववियुले पन्ध्रौं राष्ट्रिय किसिपिडी बुदोकैदो फुल कन्ट्याक्ट कराँते प्रतियोगितामा सहभागी विजेता खेलाडीलाई सम्मान गरेको छ ।

सोमबार अनेरास्ववियु बझाङ–काठमाडौं सम्पर्क कमिटीद्वारा आयोजित कार्यक्रममा खेलाडीहरुलाई बागबजारको हार्दिक होटेलमा सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष ऐन महर, सुदूरपश्चिम बुदोकैदो फुल कन्ट्याक्ट कराँतेका वरिष्ठ प्रशिक्षक रघुराम पार्की,बझाङ जिल्ला प्रशिक्षक योगेन्द्र बोहरालगायतको उपस्थिति थियो ।

टिप्पणीहरू