राष्ट्रिय परिक्षा बोर्डमा पनि कोरोना
राष्ट्रिय परिक्षा बोर्डका केही कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । कक्षा १० को परिक्षा नियन्त्रण कार्यालयका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको बोर्डले जनाएको छ ।
भक्तपुरको सानोठिमीस्थित कार्यलयमा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमण देखिएको जनाउँदै बोर्डले अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयको सेवा स्थगित गरिएको बोर्डका निमित्त नियन्त्रक भवराज कोइरालाद्वारा जारी सूचनामा उल्लेख छ ।
सुरुवाती चरणबाट नै कोरोना महामारीको चपेटामा शिक्षा क्षेत्र पर्दै आएको छ । बोर्डका कर्मचारीहरुमा संक्रमण फेला परेपछि एसईईलगायतका परिक्षामा समेत असर पर्न गएको बताइन्छ ।
टिप्पणीहरू