एमालेमा धेरैलाई कोरोना,पार्टी कार्यालय भने सुरक्षित

एमालेमा धेरैलाई कोरोना,पार्टी कार्यालय भने सुरक्षित

एमालेका नेता तथा मन्त्रीहरुमध्ये धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको छ । कसैलाई स्वास्थ्यलाभ भएको छ त कोही लाभको क्रममा देखिन्छन् ।

यसबीच पूर्वप्रधानमन्त्री झलनाथ खनालसहित मन्त्रीहरु भानुभक्त ढकाल,मणिचन्द्र थापा,टोपबहादुर रायमाझी,लेखराज भट्ट संक्रमित भएर कोही होम आइसोलेसनमा र कोही अस्पतालमा रहनुभएको छ ।

त्यसैगरी एमाले नेताहरुमध्ये राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराई,केन्द्रीय सदस्यहरु विजय पौडेल,विष्णु रिजाल,माधव ढुंगेललाई पनि पोजिटिभ देखिएको छ ।

हालै धुम्बाराहीबाट माइतीघर हाइटमा सारिएको एमालेको नयाँ केन्द्रीय कार्यालयमा भने अहिलेसम्म कसैलाई कोरोना नदेखिएको बताइन्छ ।
हुन तः कार्यालयमा कुनै नयाँ कर्मचारी थपिएका छैनन् । उही पहिलेकै १४ जनाबाट काम चलाइएको छ । तर कार्यालय सचिवमा भने पूर्वमन्त्री शेरबहादुर तामाङलाई जिम्मेवारी दिइएको छ ।

यसअघि नेकपा हुँदा ईश्वरी रिजाल र श्रीराम ढकाललाई उक्त जिम्मेवारी थियो । अदालतको फैसलापछि एमाले र माओवादी केन्द्रमा विभक्त हुँदा एमालेले रिजाललाई उक्त जिम्मेवारी दिएको थियो । अहिले नयाँ ठाउँमा नयाँ सचिव तोकिएको छ । तामाङलाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको चाहनामा उक्त जिम्मेवारी दिइएको हो ।

टिप्पणीहरू