सरकार र प्रतिपक्षले कति मत पाए,को-को गएनन् ?
राजीनामा दिऊँ भने स्पष्ट बहुमत छ भनेर बिश्वासको मत मागेको आधी घण्टामै प्रधानमन्त्री केपी ओली घोषित अल्पमतमा पर्नुभएको छ ।
उहाँको पक्षमा ९३ मत परेको छ भनी विपक्षी गठबन्धनले १२४ भोट प्राप्त गरेको छ । आज माधव-खनाल खेमाका २८ जना अनुपस्थित रहेको उक्त मतदानमा जम्मा २ सय ३२ जना सांसदले भाग लिएका थिए ।
केही समयअघिसम्म दुुई तिहाई नजिकको बहुुमतमा रहेको प्रधानमन्त्री ओलीको सरकार आज सामान्य बहुमतसमेत गुमाएर यो अवस्थामा आइपुगेको छ । मतदानमा एमालेकै माधव नेपाल समूहका समानुपातिक ५ र प्रत्यक्ष निर्वाचित ३ जनाबाहेक अरु सबैले बैठक बहिष्कार गरेका थिए ।
जसपाको महन्थ-राजेन्द्र खेमाका १४ र राप्रपाका १ जना सांसद तटस्थ बसे । नेमकिपाले कता मत हाल्यो खुलेन । संसदीय दलको ह्वीपविपरीत माधव नेपाल,झलनाथ खनालसहित २० जना प्रत्यक्ष निर्वाचित र ८ जना समानुपातिक सांसद सोमबारको प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएका हुन् ।
अनुपस्थित हुने सांसदहरू: १.योगेश भट्टराई २.झलनाथ खनाल ३. पवित्रा निरौला खरेल ४.भवानी खापुङ ५.जयकुमार राई ६ .यज्ञराज सुनुवार ७.गणेश पहाडी ८.विरोध खतिवडा ९.कृष्णलाल महर्जन १०.माधवकुमार नेपाल ११.जीवनराम श्रेष्ठ १२.नारायण खतिवडा १३.घनश्याम भुसाल १४.गोकर्ण विष्ट १५.सोमप्रसाद पाण्डे १६.मेटमणी चौधरी १७.झपट रावल १८.भीमबहादुर रावल १९.डा.दिपकप्रकाश भट्ट २०.सुरेन्द्र पाण्डे २१.रामकुमारी झाँक्री २२.सरला यादव २३.पुष्पाकुमारी कर्ण २४.कल्याणी खड्का २५.निरादेवी जैरु २६.कलिला खान २७.लक्ष्मीकुमारी चौधरी २८.मुकुन्द न्यौपाने
टिप्पणीहरू