आमा डेढ बर्षे छोरा र ६ बर्षिया छोरीसहित झुण्डिइन्
प्यूठान नगरपालिका–१ चेरनेटा जंगलमा झुन्डिएको अवस्थामा तीन वटा शव भेटिएको छ ।
नगरपालिकाको वडा नं. २ की २६ बर्षिया गायत्री सुनारसहित ६ बर्षकी छोरी र अन्दाजी डेढ बर्षको छोरा सालको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
एउटै डोरीमा उनीहरु फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता देवीप्रसाद गैरेले जनआस्थासँगको कुराकानीमा घटनाको थप विवरण आउन बाँकी रहेको बताएका छन् ।
टिप्पणीहरू