राज्यमन्त्रीहरु भोलि सरकारी क्वार्टर सर्ने
हिजो साँझदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटमा राज्य मन्त्री बनेका चन्द्रकान्त चौधरी रेनुका गुरुङ भोलिदेखि मन्त्री क्वार्टर पुल्चोक सर्ने बुझिएको छ ।
भक्तपुरको बालकोट बस्दै आएका चौधरी र काठमाडौंको धापासी हाइटमा बस्दै आएकी गुरूङले आइतबारदेखि मन्त्री क्वार्टर सर्ने जानकारी दिइएको स्रोतले बताएको छ ।
तर, जेठ ६ गते मन्त्रीको जिम्मेवारीबाट हटे पनि क्वार्टरबाट नहटेका पूर्वमाओवादी सात जना मन्त्रीहरुमध्ये हिजो दिउँसोसम्म रामबहादुर थापा बादलले मात्र आफ्नो सामान सार्न शुरु गरेको बताइन्छ । मन्त्रीमण्डलमा पुनर्नियुक्तीको आश गर्दै क्वार्टर नछाडेका भूतपूर्व मन्त्रीहरुले भोलिसम्ममा जसरी पनि क्वार्टर छाड्नुपर्ने भएको छ ।
हिजो जसपाका १० जना र एमालेकै पनि २ जना नयाँ मन्त्री नियुक्त भएकाले उनीहरुको बसोबास व्यवस्थापन गर्नुपर्ने भएकाले जसरी पनि आइतबार बिहानसम्ममा मन्त्री क्वार्टर छाड्न पूर्वमाओवादी मन्त्रीहरुलाई जानकारी गराइ सकिएको बुझिएको छ ।
टिप्पणीहरू