विद्यार्थी नेताद्वारा क्याम्पस प्रमुखको साँचो र मोबाइल कब्जा

विद्यार्थी नेताद्वारा क्याम्पस प्रमुखको साँचो र मोबाइल कब्जा

काठमाडौंको लैनचौरस्थित अमृत साइन्स कलेजको अनेरास्ववियु इकाई कमिटीका संयोजकले क्याम्पस प्रमुखको गाडीको साँचो र मोबाइल सेट नियन्त्रणमा लिएपछि ती दुबैथोक छाडेर क्याम्पस प्रमुख घरतिर गएका छन् ।

संयोजक कमलराज जोशीले तत्काल (बीआईटी) कक्षा सञ्चालन गर्नुपर्ने माग राख्दै क्याम्पस प्रमुख डा.पुष्पलाल हुमागाईंको प्रदेश नम्बर ३ बा. च २८७३ नम्बरको सवारी साधनको साँचो र मोबाइल नियन्त्रणमा लिएका थिए ।

केहि महिनाअघि उक्त कोर्स सञ्चालनको लागि क्याम्पस प्रशासनले सूचना प्रकाशित गरे पनि भैतिक पूूर्वाधारको अभावमा तत्काल सञ्चालन गर्न नहुने भन्दै नेविसंघ,राप्रविसंघ,अखिल क्रान्तिकारीहरुले कक्षा सञ्चालनमा रोकको माग राखेका थिए ।

उनीहरुले कक्षा सञ्चालन गर्न नदिएपछि क्याम्पस प्रमुखले तत्काल कक्षा सञ्चालन गर्न नसकिने जानकारी गराए । गाडी र मोबाइल छोडेर क्याम्पस प्रमुख घरतिर गएपछि वार्ता पनि हुन नसकेको तर क्याम्पस हाताको अवस्था सामान्य रहेको बताइएको छ ।

टिप्पणीहरू