क्याबिनेटको माइन्युट सच्याइयो, सशस्त्रका डिआईजी प्रवीणको म्याद थपियो

क्याबिनेटको माइन्युट सच्याइयो, सशस्त्रका डिआईजी प्रवीणको म्याद थपियो

सशस्त्र प्रहरी बलको सुदूरपश्चिम हेर्ने डीआईजी प्रवीण श्रेष्ठको म्याद हिजो साँझको क्याबिनेटले नथप्ने निर्णय गरेपनि आज मुख्यसचिवले हस्ताक्षर गरेको माइन्युटमा थपिएको छ । आज मध्यरातबाट स्वतः अवकाश पाउने अवस्थामा रहेका श्रेष्ठको जागिर सकिनु पाँच घण्टाअघि म्याद थपेका कारण अब उनी स्वतः सशस्त्र प्रहरीको आगामी महानिरीक्षकको लाइनमा बसेका छन् ।

हिजो साँझ बालुवाटारमा साढे सात बजेसम्म बसेको क्याबिनेट बैठकले डीआईजी श्रेष्ठको म्याद थप्ने प्रस्तावलाई पारित गरेको थिएन । क्याबिनेटले म्याद नथपेको कुरो थाहा पाएपछि हिजोसम्म वनमन्त्री रहेका नारदमुनी राना र विघटित प्रतिनिधिसभाकी सांसद निरु पालले श्रेष्ठलाई लिएर तत्काल बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गरेका थिए ।

श्रेष्ठको म्याद थपको लागि मन्त्रीपरिषद् बैठकको निर्णयमा मुख्यसचिवले दस्तखत नगरुञ्जेल थपघट गर्न सकिने अवस्था हुन्छ । त्यहि अवस्थालाई मध्यनजर गर्दै राना र पालले अन्तिम पटक उक्त कोशिस गरेका हुन् । जुन आज साँझ सफल भएको छ ।

आज अदालतको आदेशपछि निवर्तमान बनेका मन्त्री राना कैलाली र निरु पाल कञ्चनपुरका हुन् ।

यसअघि सुदूरपश्चिमकै सशस्त्रका पूर्व डीआईजी सुरज श्रेष्ठको समेत क्याबिनेटले म्याद थपेको थिएन । उनी अवकाश पाएर घर गइसकेका छन् । उनी पनि यसैगरी म्याद थपेको भए स्वतः आईजीपीको लाइनमा हुन्थे ।

टिप्पणीहरू