यिनका फेरि बेग्लै पीडा

यो महाअभियोग प्रकरणमा आफूलाई सामेल गरिएन भनेर मधेसी नेता चित्त दुखाइरहेका छन् । र, यही निहुँमा लोकमान प्रकरणको परिस्थिति हेरी दायाँ–बायाँ लाग्न पनि सक्छन् । महन्थ ठाकुरले त भनेकै छन्, पहिला सानो सानो समितिमा पनि राख्थे तर ११ जनाको टोली बन्दासमेत हामीलाई महाअभियोग सिफारिस समितिबाट बाइपास गरियो । न हामी प्रस्तावक, न समर्थक । यो लफडामा किन फस्ने ? कांग्रेसले पक्षमा भोट नहाल्ने अवस्थामा उनीहरू मौन बस्छन् । तीन ठूला दल मिलेर महाअभियोग पास गर्ने भए भने आफूहरूलाई बेवास्ता गरिएको भन्दै प्रक्रियामा सामेल हुँदैनन् । पारिको फेरि अर्कै पीडा छ । प्रचण्डलाई बढी पेलौं त एमालेतिर ढल्केर अहिलेको समीकरण भत्कन सक्छ । जनदबाब थेग्न नसकेर कांग्रेस महाअभियोगको पक्षमा उभियो भने दक्षिण लोकमानलाई बलिको बोको बनाउन तयार हुन्छ र भारतीय राष्ट्रपति नेपाल नआउञ्जेल मधेसीको मागबमोजिम संविधान संशोधन प्रस्ताव अघि बढ्ने त झन् सम्भावना नै छैन ।

टिप्पणीहरू