राजधानीको मुटुमै नाबालिका बलात्कृत
आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको न्यूरोडस्थित धर्मपथ बस्ने धादिङ धुनिवेशी १ का ३५ वर्षीय सूर्य तामाङ पक्राउ परेका छन् ।
धर्मपथस्थित पुरानो नगरपालिकाको खाली जमिनमा पार्किङ गरी राखेको गाडी पछाडि लगेर तामाङले ती बालिकालाई जबरजस्ती करणी गरेका हुन् ।
नगरपालिकाको खालि जग्गामा पार्किङ गरिराखेको सवारी साधनको पछाडि छेकिएर अधबैंशेले बालिका बलात्कार गरेको खबर पाएपछि महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले तामाङलाई पक्राउ गरेको छ ।
टिप्पणीहरू