लकडाउनमा ‘डाउन’

लकडाउनमा ‘डाउन’

अब सरकारले लकडाउन खुकुलो बनाउने भएको छ । अब लागू हुने खुकुलो खुकुलो खालको लकडाउनचाहिँ ‘स्मार्ट लकडाउन’ रे ! यो लकडाउनमा कुन–कुन पसल कहिले कहिले र कुन–कुन बेला खुल्ने भनेर पूरा स्मार्ट शैलीको सूची नै आउने रहेछ । नागरिकहरू सूची हेर्दै पसल जाने हो ।

मैले पनि सूची हेरेँ । तर मन खिन्न भयो । त्यसमा कपडा पसल, तरकारी पसल, भाँडाकुँडा पसल, खानेकुरा पसल जम्मै खुल्ने दिन र समय लेखिएको छ । तर दारु पसल खुल्ने दिन भने लेखिएको छैन । दारु पसल खुल्ने दिन छैन, समय पनि छैन । कस्तो अपूर्ण सूची हो यो ? यस्तो तालले स्मार्ट लकडाउन सफल होला जस्तो मलाई लागेन ।

हेर्नोस्, लकडाउन भनिएको छ । लकडाउन भनेपछि लकडाउनमा अलि अलि त ‘डाउन’ हुनु पाउनु प¥यो नि ! अलि अलि ‘डाउन’ हुन पाए पो लकडाउन ! डाउनै हुन नपाएपछि केको लकडाउन ? अब ‘डाउन’ हुनलाई दारु पसल पनि त खुल्नुप¥यो नि ! दारु पसल नखुलेपछि ‘डाउन’ कसरी हुने ? ‘डाउनै’ नहुने भएपछि लकडाउन कसरी हुने ?

टिप्पणीहरू