त्रिसट्ठी प्रतिशत स्थानीय सरकारलाई कुन ब्यथाले छोयो ?

त्रिसट्ठी प्रतिशत स्थानीय सरकारलाई कुन ब्यथाले छोयो ?

६३ प्रतिशत स्थानीय निकायले अझै बजेट सार्वजनिक गरेनन्

मुलुकका ७ सय ५३ वटा स्थानीय तहमध्ये ४ सय ७८ वटाले अझै आर्थिक वर्ष २०७८/७९ को बजेट पेश गरेका छैनन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय तहमध्ये २ सय ७५ वटाले मात्र बजेट पेश गरेका छन् । तर ४ सय ७८ ले अझै पेश गरेका छैनन् । यो भनेको कूल संख्याको ६३ प्रतिशतभन्दा बढी हो ।

जसअनुसार प्रदेश १ मा ५६ वटा स्थानीय तहले बजेट पेश गरिसकेका छन् भने ८१ वटाले अझै पेश गरेका छैनन् । प्रदेश नं २ का ४० स्थानीय तहले बजेट पेश गरेका छन् भने ९६ वटाले आजसम्म पेश गरेको देखिँदैन ।

बाग्मती प्रदेशमा ३८ वटाले पेश गरिसकेका छन् तर ८१ वटाले पेश गर्न बाँकी छ । गण्डकी प्रदेशमा ५० वटाले पेश गरेका छन् भने ३५ वटाले पेश गरेका छैनन् । लुम्बिनी र कर्णाली प्रदेशमा पनि क्रमशः ४६ र १६ वटा स्थानीय तहले बजेट पेश गरिसकेका छन् । दुबैमा ६३ वटा तहले बजेट पेश गर्न बाँकी छ ।

सुदूरपश्चिम प्रदेशमा भने २९ वटा स्थानीय तहले बजेट पेश गरे पनि ५९ वटाले बजेट पेश गरिनसकेको मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू