५ विद्यार्थी संगठनले दिए परीक्षा बोर्डलाई ज्ञापनपत्र

५ विद्यार्थी संगठनले दिए परीक्षा बोर्डलाई ज्ञापनपत्र

भक्तपुर सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डको कार्यालयमा पाँच विद्यार्थी संगठनहरुले ज्ञापनपत्र बुझाउँदै अन्तरक्रिया कार्यक्रम समेत गरेका छन् ।

बोर्डको कार्यालयमा विश्व विद्यालयमा देखिएका शैक्षिक समस्याहरुबारे राष्ट्रिय परीक्षा बोर्ड अध्यक्ष चन्द्रमणि पौडेलसमक्ष ज्ञापनपत्रसहित धारणा पेश सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको हो ।

विद्यार्थी संगठनहरुले अध्यक्ष पौडेल समक्ष पेश गरेको संयुक्त ज्ञापनपत्रमा एसईई परिक्षाको रिजल्ट यथाशीघ्र प्रकाशित गर्नुपर्ने, ग्रेड अपग्रेड गर्न चाहने विद्यार्थीहरुले पूरा गर्नुपर्ने झन्झटिलो प्रावधानलाई सरल र सहज बनाइनुपर्ने, विद्यार्थीहरुले सहजै सूचना पाउन सक्ने सूचना पोर्टल बनाउनुपर्ने, भौतिक उपस्थितिमा गरिने परीक्षाको तालिका वा विकल्पबारे विद्यार्थीलाई समयमै जानकारी दिइनुपर्नेलगायत माग राखिएको छ ।

कार्यक्रममा नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियु (माधव–झलनाथ समूह) का अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेललगायतको उपस्थिति थियो ।

टिप्पणीहरू