इलामको सिको गर्दै पद खुस्किएकाहरू अदालतमा

इलामको सिको गर्दै पद खुस्किएकाहरू अदालतमा

इलामको एक गाउँपालिकाका वडाध्यक्षले आफूले जितेको पार्टी छाडेसँगै खुस्किएको पद अदालतले जोगाएपछि यही नजिरलाई टेकेर अहिले एमाले प्रवेश गर्दा पद छाडी गएका प्रभु साह पत्नीहरूले सर्वोच्च गुहारेर भटाभट अन्तरिम आदेश फुत्काउन थालेका छन् ।

२०७४ को स्थानीय निर्वाचनमा इलामको माङसेबुङ गाउँपालिका–६ कांग्रेसका प्रदीप साम्पाङ राईले अत्यधिक मतका साथ वडाध्यक्ष जिते । नौ महिनापछि अर्थात् चैत २१ गते आफूलाई जिताउने पार्टी छाडेर तत्कालीन नेकपामा प्रवेश गरे । कांग्रेसले दल त्याग गरेको भन्दै पद खारेज गर्न निर्वाचन आयोगमा उजुरी दियो । माघ ७ गतेको निर्णय भन्दै आयोगले ९ गतेदेखि पद रिक्त भएको सूचना जारी ग¥यो । तर, यसरी पद खुस्किएका राईलाई भने सर्वोच्चले २०७७ फागुन ५ गते जोगाइदियो ।

उक्त वडामा कार्यवाहक वडाध्यक्षसमेत रामचन्द्र राईले सम्हालिसकेका थिए । तर, सर्वोच्चको आदेशपछि प्रदिप साम्पाङ राई काममा मज्जैले फर्किएका छन् ।

पुरुषोत्तम भण्डारीको एकल इजलासले निर्वाचन आयोगसँग लिखित जवाफ माग गर्दै निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । सोही आदेशपछि राई निर्वाचित अध्यक्ष पदमा रहेर काम गरिरहेका छन् । अदालतले फागुन १० गते राई र निर्वाचन आयोगलाई छलफलको लागि बोलाएको थियो । नेकपा एमालेका उपनेता सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्रमा पर्ने माङसेबुङ किराँत धर्मावलम्बीहरूको गुरु आश्रम रहेको पालिका पनि हो ।

माओवादीबाट निर्वाचित भई एमाले पसेका स्थानीय जनप्रतिनिधि र इलामका वडाध्यक्ष राईको पद रिक्त प्रक्रिया एउटै देखिन्छ । यसैले भर्खरै पदमुक्त भएका १४ जना पनि पद जोगाउने आशामा अदालत पुगेको प्रष्टै छ ।

टिप्पणीहरू