आन्दोलनकारीको पक्षमा नगर सरकार, आन्दोलनकारी रिहा,संघीय सरकारलाई निर्णय कार्यान्वयन गर्न चुनौती

आन्दोलनकारीको पक्षमा नगर सरकार, आन्दोलनकारी रिहा,संघीय सरकारलाई निर्णय कार्यान्वयन गर्न चुनौती

हिजो चौध जनाको गिरफ्तारी अनि रिहाइ, डेढ दर्जन घाइते, दस राउण्ड हवाई फायर र १५ राउण्ड अश्रुग्याँससँगै लाखौंको क्षतिपछि बेलका नगरपालिकाले घटनाबारे सार्वजनिक रुपमा अहिले मुख खोलेको छ । बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले एक प्रेस विज्ञप्ती जारी गर्दै हिंसात्मक आन्दोलनको निन्दा गर्दै‘ज्यानै जान सक्ने घटना ’ भएको निष्कर्ष निकालेको छ ।

नेपाल सरकारले २०७८ साल ज्येष्ठ ६ गते दुईटा कम्पनीहरुलाई तीस वर्षको लागि कबुलियति बन घोषणा गरेर लिजमा दिने निर्णय फिर्ता लिन आग्रह गरिएको छ । मेयर थापाले विज्ञप्तीमा केन्द्रीय सरकारले क्षेत्राधिकार मिचेको आरोप लगाउँदै भनेका छन, ‘नेपाल सरकारले गरेको कबुलियति बन दिने निर्णयको विपक्षमा सुरुदेखि नैं उभिदैं आएको र २०७८ ज्येष्ठ ३१ गते नै नेपाल सरकारको निर्णयलाई चुनौती समेत दिएका थियौं ।’उनले लेखेका छन ‘नेपाल सरकारले भने जस्तो उक्त जमिन हैसियत बिग्रिएको राष्ट्रिय बन नभएको र उक्त जमिन नदी उकास पर्ति जमिन भएकाले नगरको मातहतमा हुनुपर्ने, विगत ५० वर्षबाट त्यहाँ बसोबास गरिरहेको’ भन्दै आन्दोलनकारीहरुको पक्षमा उभिएको छ ।

यसले गर्दा संघीय र स्थानीय सरकारबिच नदी उकास, पर्ति जमिनको अग्राधिकारलाई लिएर आउँदो दिनहरुमा विवाद चर्कने लक्षण देखिएको छ । वस्तुस्थितिको गम्भीररुपमा अध्ययन नगरी भूमाफियाहरुको निर्देशनमा मानव वस्ती रहेको नदी उकास जमिनलाई कबुलियति बन बनाउने र व्यापारिक स्वार्थ पुरा गर्ने समूह सक्रिय रहेको प्रस्ट भएको छ ।

विज्ञप्तीमा मेयर थापाले प्रस्ट शब्दमा ‘कबुलियति बन हुनुहुँदैन भन्ने मागमा बेलका नगरपालिकाको समर्थन रहेको’ उल्लेख गरेका छन । आन्दोलनकारीहरुसँग वार्ताको निम्ति नगरप्रतिनिधिका रुपमा वडा सदस्य रंजित राईमाथि भएको आक्रमणको निन्दा गर्दै शान्तिपूर्णरुपमा समस्या समाधानको लागि कटिवद्ध रहेको उल्लेख छ ।

उनले जनताको सहमति बेगर कुनै पनि काम नथाल्न बराहा हर्वल प्रा.लि.का प्रोपाराइटर निलहरी काफ्लेलाई कागजसमेत गराएको जानकारी गराएका छन ।

टिप्पणीहरू