बिप्लवका नेताको मुटु खराव,जेलबाट गङ्गालाल लगियो

बिप्लवका नेताको मुटु खराव,जेलबाट गङ्गालाल लगियो

विप्लव नेतृत्वको नेकपा सचिवालय सदस्य सुदर्शन (हेमन्तप्रकाश वली) को मुटुमा गम्भिर समस्या देखिएपछि आज अपरान्ह बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको छ । मधुमेह,उच्च रक्तचाप, कोलेस्ट्रोल र कलेजो रोगको नियमित औषधी सेवन गर्दै आएका सुदर्शनको मुटुमा समस्या देखिएपछि कारागार स्वास्थ्य शाखा,नख्खुले इसिजी गरेको थियो ।

इसिजी रिपोर्टमा असामान्य देखिएपछि नख्खु कारागारको स्वास्थ्य युनिटले गंगालाल अस्पताल रिफर गरेपछि अहिले उनलाई बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रको सघन उपचार कक्षमा भर्ना गरिएको छ ।
२०७५ चैत्र ९ गते काभ्रे तालढुङ्गा इलाकाबाट गिरफ्तार गरिएका सुदर्शनलाई एक महिना जिल्ला प्रहरी कार्यालय,ललितपुरको हिरासतमा राखेर संगठित अपराधअन्तर्गत ४ वटा अभियोग लगाइएको थियो । त्यसपछि पुर्पक्षको निम्ति नख्खु केन्द्रीय कारागार चलान गरिएको हो ।

२०७६ बैशाख १० गते नै उनले कर्तव्य ज्यानलगायतमा सफाइ पाइसकेका छन् । तर हातहतियार, खरखजाना मुद्दामा हालसम्म गैरन्यायिक थुनामा राखेर सरकारले नेकपा–सरकार वार्ताको धज्जी उडाएको विप्लव नेताहरुले बताएका छन् ।
नख्खु कारागारको बीआरसी खण्डमा राखिएका सुदर्शन लेखक, कवि र मार्क्सवादी चिन्तकसमेत हुन् ।

टिप्पणीहरू