पार्टीको उच्च पदसमेत पारिबाट ?
प्रधानमन्त्री, प्रहरी प्रमुख, मुख्य सचिवजस्ता महŒवपूर्ण कार्यकारी पदको कुरै छाडौं, यी त राजकीय संयन्त्रका कुरा भए तर अमुक पार्टीको, कुन नेतालाई कस्तो दर्जा दिने, कुन जिम्मेवारीमा राख्ने भन्ने कुरामा समेत दक्षिणले माइक्रो म्यानेज्मेन्ट गर्दो रहेछ । देशकै ठूलो पार्टी नेपाली कांग्रेसको कथा हो यो । कोइराला परिवारबाट पार्टीको बागडोर हत्याउन के–के खेल भए दुनियाँलाई थाहै छ । को–कोसँग, के–के बाचा कसम गरिएको थियो, त्यो पनि समयक्रममा खुल्दैछ । तर शेरबहादुर देउवाले उतिबेला गरिएका कतिपय बाचा पूरा गर्न नसक्नुको दोषचाहिँ भारतीय खुफिया एजेन्सी ‘र’का निवर्तमान प्रमुख राजेन्दर खानलाई लगाउन थालिएको छ ।
‘यतिका महिना बितिसक्यो, मलाई किन अहिलेसम्म उपसभापति नबनाएको ?’ खुमबहादुर खड्काले ¥याख¥याख्ती पारेपछि देउवाले चाहिँ यसरी मजबुरी प्रकट गरेका छन्, ‘मैले तिम्लाई बनाउन नसक्ने भएँ । विमल (गृहमन्त्री विमलेन्द्र निधि) लाई नै त्यो पद दिन पारिले कचकच गरेको छ ।’ उनको स्पष्टीकरण थियो, ‘पारिलाई चिढ्याएर तिमीलाई उपसभापति दिन सक्दिन ।’ यस्तो जवाफ सुनेर चित्त दुखाएका खड्कालाई देउवाले नै क्षतिपूर्तिस्वरुप अर्का खड्का अर्थात् पूर्णबहादुरलाई महामन्त्री मनोनीत गर्ने वचन दिएका थिए ।
उनको प्रष्टै आश्वासन थियो, ‘बरु तिमीले भनेकै पूर्णलाई महामन्त्री बनाइदिन्छु नि, हुन्न ?’ पटक–पटक धोका पाएका खुमबहादुरले यो आश्वासनलाई पनि पत्याइहाल्ने सम्भावना थिएन । यसर्थ साक्षी राख्न तत्कालै बूढानीलकण्ठमा वनमन्त्री शंकर भण्डारी र अर्घाखाँचीकी सभासद पुष्पा भुषाललाई समेत बोलाइयो । कात्तिक २५ गतेको कुरा हो यो । त्यहाँ जुटेको सहमतिअनुसार तरुण दलको महाधिवेशन सकिनासाथ १५ दिनभित्र पूर्णलाई पार्टी महामन्त्री तथा खुमबहादुर र पुष्पालाई पार्टीको संसदीय बोर्डमा राख्ने कुरा थियो । त्यसयता थप डेढ महिना बितिसक्यो तर तोलाको वचन खोलामा छ । एउटा खड्काले त धोका पाएकै थिए, अर्का खड्कासमेत कार्यान्वयन नहुने मीठो आश्वासनको शिकार भएका छन् । यसबारे बुझ्न खोज्दा पूर्णबहादुर भन्छन्– ‘उहिले अर्कै सन्दर्भमा भएका गफगाफ हुन् ती । अहिले त्यसको प्रयोजन सकियो ।’
टिप्पणीहरू