भारतको मात्रै यस्तो अवस्था कि तेस्रो मुलुककै नियति ?
भारत विश्वमा अमेरिका र विकसित अर्थतन्त्रका मुलुक एवम् चीनपछि उदाउँदो आर्थिक शक्तिको रुपमा देखा पर्दैछ । तर पनि अथाह जनसंख्या,विकासको असमान वितरण र पछौटेपनका कारण भारतीय समाजलाई आर्थिक विकासले छोप्न सकेको छैन ।
त्यसैले भारत र भारतीय समाजका कतिपय टीठलाग्दा पक्ष पछिल्ला दिनमा सामाजिक सञ्जालमा ठट्टा र मजाकको पात्र बन्ने गरेको छ ।
१ अर्ब ३० करोड जनसंख्या रहेको भारतमा ९० करोड जनसंख्या गरिबीमा पिल्सिन बाध्य छ । भ्रष्टाचार भारतीय समाजको पर्यायवाची रहँदै आएको छ । विकास,शिक्षा र स्वास्थ्यको वितरणमा देखिएको असमानता कहालीलाग्दो छ । त्यसैको हावा लागेर होला नेपालमा पनि त्यो अवस्था बढ्दै गएको छ ।
त्यहाँको सरकारी विद्यालयमा पढ्ने सबै विद्यार्थी गरिब परिवारका हुन्छन् । निजी विद्यालयमा सबैजसो धनीका छोराछोरी अध्ययन गर्छन् । तर तिनै विद्यार्थीलाई अध्यापन गर्ने शिक्षकको अवस्था भने ठीक उल्टो देखिएको छ । सरकारी विद्यालयमा पढाउने शिक्षक- शिक्षिकाको आर्थिक अवस्था सम्पन्न र निजी विद्यालयका शिक्षक शिक्षिकाको अवस्था विपन्न देखिन्छ ।
यस्तै पार्टी तथा नेतालाई चुनावमा भोट दिने धेरैजसो जनता र उनका छोराछोरी गरिबीमा बाँच्न विवश देखिन्छन् भने त्यहि भोटमा चुनाव जितेकाहरु महलमा बस्छन्,महँगा गाडी चढेर विलासी जीवन बिताउँछन् ।
सामाजिक सञ्जालमा प्रधानमन्त्री हवाई जहाजमा,मन्त्रीहरु महँगा गाडीका ताँती अघि र पछि लगाउँदै र सर्वसाधारण जनता कोचाकोच गरेर बसमा झुन्डेको तस्बिरहरू भाइरल बनेका छन् ।
अहिले भारतमा त्यस्तो अवस्थाको चित्रण गरे पनि दक्षिण एसियाका नेपाल,बंगलादेश,पाकिस्तान र श्रीलंका पनि त्यसबाट अछुतो छैनन् ।





टिप्पणीहरू