कोरोनाबाट निधन र संक्रमित दुबैको संख्या बढ्यो

कोरोनाबाट निधन र संक्रमित दुबैको संख्या बढ्यो

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्यासँग संक्रमित पनि बढेका छन् । उक्त अनुपातमा निको हुनेको संख्या घटेको छ ।

कोरोनाबाट आज ३२ जनाको ज्यान गएको छ भने २ हजार ४ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको ७ हजार ८ सय ३३ पीसीआर तथा ३ हजार ८ सय ३१ जनामा एन्टिजेन गरी ११ हजार ६ सय ६४ जनामा परीक्षण भएको थियो ।

आज १ हजार २ सय ५८ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, आज मुलुकभर २५ हजार ८ सय ३७ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू