बानेश्वरमा माधव नेपालको भेला शुरु
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको भेला काठमाडौंमा शुरु भएको छ । शंखमूलरोडस्थित अर्याल होटलमा साँझ सवा ६ बजेबाट भेला शुरु भएको हो ।
भेलामा पूर्व वनमन्त्री प्रेम आले, सांसदहरु किसन श्रेष्ठ,विरोध खतिवडा,मेटमणी चौधरीलगायत झण्डै डेढ दर्जनको उपस्थिति रहेको छ ।
उहाँहरुले विकसित पछिल्लो राजनीतिक घटनाक्रम,एमालेको २४ घण्टे स्पष्टिकरणलगायतका विषयमा विस्तृत छलफल गर्ने बुुझिएको छ ।
यता,च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा एमाले संस्थापन पक्षको केन्द्रीय समितिको बैठक जारी छ ।
टिप्पणीहरू