अरिंगालले टोकेर पिसाब बन्द, अपरेशनपछि सास बन्द, अस्पताल तनावग्रस्त

अरिंगालले टोकेर पिसाब बन्द, अपरेशनपछि सास बन्द, अस्पताल तनावग्रस्त

अरिंगालले टोकेर उपचारको निम्ति ल्याइएका बिरामीको अस्पतालको लापरबाहीले ज्यान गएको भन्दै आफन्तले नाराबाजी गरेपछि स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल तनावग्रस्त भएको छ । अरिंगालले टोकेपछि धादिङ निलकण्ठ नगरपालिका ११ का ५५ वर्षीय धनबहादुर गुरुङलाई उपचारको निम्ति उक्त अस्पतालमा ल्याएर भर्ना गरिएको थियो ।

अस्पताल स्रोतका अनुसार बिरामीको पहिले पिसाब बन्द भएको थियो । पिसाब खुलाउन गरिएको अपरेशनपछि गुरुङको निधन भएको हो ।

तर मृतकका आफन्तले अस्पतालले आफूहरुसँग कुनै सल्लाह र मञ्जुरी नलिई अपरेशन गरेको र सो क्रममा बिरामीको मृत्यु भएको आरोप लगाएका छन् ।

अस्पतालको लापरबाहीका कारण बिरामीको ज्यान गएकाले क्षतिपूर्तिको माग गर्दै झण्डै दुई दर्जन आफन्तले अस्पताल हातामा नाराबाजी गरिरहेका छन् । नाराबाजीपछि अस्पताल हाता अहिले तनावग्रस्त भएको छ ।

टिप्पणीहरू