दुवैथरि कम्युनिष्टको दुखेसो
एमाले–माओवादी पार्टी एकता अहिलेसम्म पोजिसनकै कुरालाई लिएर अलमलमा छ । बाहिर बहस गर्न थालिएजस्तो नीति, कार्यदिशाजस्ता कुरामा त गहन ढंगले प्रवेश भएकै छैन ।
जसरी नयाँशक्ति र फोरम मिल्ने कुरा उपेन्द्र र बाबुरामलाई कसरी एडजस्ट गर्ने भन्ने समस्याले अड्कियो– दुबैलाई सहअध्यक्ष बनाउने कि, सर्वोच्च नेता र अध्यक्ष पद सिर्जना गर्ने कि, एउटालाई कार्यकारी अध्यक्ष भन्नेजस्ता कुरामा द्विविधा हुँदाहुँदै बाबुराम त्यो एकता प्रक्रियाबाट अलग भइसकेका छन् । यता, पनि व्यक्ति व्यवस्थापनका विषयहरु पेचिलो बन्दै गएको एकता संयोजन समितिमा रहेका माओवादी नेताहरुले भन्न थालेका छन् ।
०४८ सालपछिका निर्वाचन पर्यवेक्षण क्रममा पनि यस्तै भएको थियो । मानवअधिकार संरक्षण मञ्च र नेपाल मानवअधिकार संगठन थिए । एउटाको अध्यक्ष मथुरा श्रेष्ठ र अर्कोको ऋषिकेश शाह थिए । उनीहरु हटेपछि सुशील प्याकुरेल आए । यस्तो अवस्थामा संयुक्त रुपमा निर्वाचनको पर्यवेक्षण गर्दा कसलाई नेता मान्ने भन्ने प्राविधिक समस्या थियो । प्रचण्डले सहअध्यक्ष बन्नुभन्दा केन्द्रीय सदस्यमै बस्न तयार भएको बताइसकेका छन् । समस्या माओवादीमा पनि व्यापक छ । एमालेको दोस्रो तहका केही नेता सकेसम्म प्रचण्डलाई अध्यक्ष नबनाए हुन्थ्यो भन्नेमा छन् । माओवादी साँस्कृतिक मोर्चाको इञ्चार्जसमेत रहेका नेता विश्वभक्त दुलाल (आहुति) अर्कातिर बबाल मच्चाएर हिँडेका छन् । नारायणकाजीसँगै तत्कालिन संयुक्त जनमोर्चाबाट एकीकरण प्रक्रियामा गएका उनले ‘प्रचण्डले सबथोक (लाइन–साइन) छोडे, मैले पनि प्रचण्डको पार्टी छोडेँ !’ भन्दै हिँडेका थिए । उनी इञ्चार्ज रहेको जनसाँस्कृतिक महासंघको शुक्रबारको भेलाले उनको आलोचना गरेको छ । ‘पार्टी एकता गर्नुप¥यो भनेर सचिवालय बैठकमा आफैँ कुर्लिने, चुनावको संयुक्त घोषणापत्र बनाउन पनि आफैँ कस्सिने, अनि अहिलेचाहिँ प्रचण्डलाई दोष लगाएर म यता छैन भन्ने ?’ भन्दै भेलाका सहभागीले उनलाई ‘दहीच्युरे’ नाम दिएका छन् ।
टिप्पणीहरू