दशैंको सवारी दुर्घटनामा १ सय ६५ को ज्यान गयो

दशैंको सवारी दुर्घटनामा १ सय ६५ को ज्यान गयो

दशैं अवधिभर भएका सवारी साधन दुर्घटनामा परेर धेरै मानवीय क्षति भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार घटस्थापनाको दिनदेखि कात्तिक हिजो साँझसम्म १ सय ६५ जनाले सवारी साधन दुर्घटनामा परेर ज्यान गुमाएका छन् ।

फूलपातीको दिन मुगुमा सवारी साधन दुर्घटनामा परेर ३२ जनाको एकै ठाउँमा मृत्यु भएको छ । यता, काठमाडौं उपत्यकामा ३ सय २६ वटा सवारी दुर्घटनामा परेको छ । जसमा ३ जनाको मृत्यु भएको छ ।

सुनसरीमा १ सय ६५ वटा सवारी दुर्घटना हुँदा १७ जनाले ज्यान गुमाएका छन् । पथैलया क्षेत्रमा भएका २ सय ४० वटा दुर्घटनामा ३६ जनाको मृत्यु भएको छ । मुग्लिन क्षेत्रमा ९३ वटा सवारी साधन दुर्घटनामा परेको छ भने २१ जनाको ज्यान गएको छ ।

तनहुँको बेलचौतारा क्षेत्रमा १५ वटा सवारी साधन दुर्घटनामा पर्दा १५ जनाले ज्यान गुमाएको देखिन्छ । बुटवल क्षेत्रमा ४८ वटा सवारी साधन दुर्घटनामा परेको छ । त्यसमा २४ जनाको मृत्यु भएको छ ।

उता, बाँकेको कोहलपुरमा पनि यसबीचमा १५ वटा सवारी साधन दुर्घटनामा परेका छन् । १५ वटा सवारी साधन दुर्घटनामा ३८ जनाको ज्यान गएको छ ।

अत्तरियामा भएका १८ वटा सवारी साधन दुर्घटनामा ११ जना मरेका छन् । वरिष्ठ प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले गत वर्षभन्दा यो वर्षको दशैंमा धेरैले सवारी साधन दुर्घटनामा परि ज्यान गुमाएको जानकारी दिनुभएको छ ।

गत सालको दशैंमा सवारी साधन दुर्घटनामा १ सय १४ जनाले ज्यान गुमाएका थिए । पानीले डुबाएपछि प्यानल सबै फेर्नुपर्ने भएकाले लागतको हिसाबले ठूलो क्षति भएको बताइन्छ ।

टिप्पणीहरू