बैजनाथ खोलाले एक हुलाकीको ज्यान लियो

बैजनाथ खोलाले एक हुलाकीको ज्यान लियो

उदयपुरको बैजनाथ खोलाले बगाउँदा एक जना सन्देशवाहक हुलाकीको मृत्यु भएको छ । मृत्यु हुने उदयपुरगढी गाउँपालिका ८ का ५९ वर्षीय कृष्णबहादुर श्रेष्ठ हुन ।

उनी अतिरिक्त हुलाक कार्यालय नरेटारमा पत्रवाहक कर्मचारीका रुपमा कार्यरत थिए । उनी नेपालटारबाट सोही गाउँपालिका ८ महादेवस्थान घर फर्कने क्रमा वैजनाथ खोला तर्ने क्रममा बगेका हुन ।

हिजो साँझ ६ बजेतिर श्रेष्ठ खोलामा बेपत्ता भएको खबर आएपछि उनको खोजीमा आफन्त र गाउँले र प्रहरी जुटेको थियो । उनको शव आज विहान ९ बजेतिर खोलाको घुमाउरो पानीमा रहेको ढुङ्गाको चेपमा अड्केको अवस्थामा फेला परेको हो ।

शवको सनाखतसहित पोष्टमार्टमको लागि जिल्ला अस्पालत गाईघाट ल्याइएको छ भने अन्य आवश्यक कानूनी प्रकृया अघि बढाइएको डिएसपी वेदप्रसाद गौतमले जानकारी दिनु भयो ।

टिप्पणीहरू