सवारी दुर्घटनामा दुई जना बिते

सवारी दुर्घटनामा दुई जना बिते

बर्दिया र सुनसरीमा भएका सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । बर्दियाको बाँसगढी नगरपालिका ५, प्रगतिनगरमा भे. १ ह ५१६० नम्बरको ई–रिक्साको ठक्करबाट बाँसगढी नगरपालिका ५ बस्ने भीमप्रसाद काफ्लेको ३ वर्षका छोरा अभिष काफ्लेको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते काफ्लेको मेडिकल कलेज कोहलपुर बाँकेतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । त्यसैगरी सुनसरीको कोशी गाउँपालिका ८, भण्टाबारी चोकमा सिकारुले चलाएको स्कुटर दुर्घटना हुँदा स्कुटर चालक झापा दमक नगरपालिका १ बस्ने २६ वर्षीया सासा लिम्बुको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी लिम्बुको जिल्ला अस्पताल इनरुवा हुँदै न्यूरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । स्कुटरमा सवार झापा बुद्धशान्ती गाउँपालिका १ बस्ने २७ वर्षीया रेनु गुरुङ सामान्य घाइते भएकी छन् ।सवारी दुर्घटनामा दुई जना बिते बर्दिया र सुनसरीमा भएका सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

बर्दियाको बाँसगढी नगरपालिका ५, प्रगतिनगरमा भे. १ ह ५१६० नम्बरको ई–रिक्साको ठक्करबाट बाँसगढी नगरपालिका ५ बस्ने भीमप्रसाद काफ्लेको ३ वर्षका छोरा अभिष काफ्लेको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते काफ्लेको मेडिकल कलेज कोहलपुर बाँकेतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

त्यसैगरी सुनसरीको कोशी गाउँपालिका ८, भण्टाबारी चोकमा सिकारुले चलाएको स्कुटर दुर्घटना हुँदा स्कुटर चालक झापा दमक नगरपालिका १ बस्ने २६ वर्षीया सासा लिम्बुको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी लिम्बुको जिल्ला अस्पताल इनरुवा हुँदै न्यूरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । स्कुटरमा सवार झापा बुद्धशान्ती गाउँपालिका १ बस्ने २७ वर्षीया रेनु गुरुङ सामान्य घाइते भएकी छन् ।

टिप्पणीहरू