आज ४ दर्जन नेपाली कामदार कोरिया उड्दै

आज ४ दर्जन नेपाली कामदार कोरिया उड्दै

कोरोना महामारीका कारण लामो समयसम्म अलपत्र परेका तर रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली कामदार आज कोरिया उड्दै छन् । झण्डै २० महिनापछि आज पहिलो चरणमा ४८ जना नेपाली कामदार कोरिया जान लागेका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार आज ४८ जनालाई दक्षिण कोरिया पठाएपछि बाँकीलाई विभिन्न चरणमा पठाइने छ । आज जनआस्थासँग कुराकानी गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेले कोरिया जाने ४८ जनालाई दिउँसो ३ बजे त्रिभुवन विमानस्थलमा बिदाई गर्ने कार्यक्रम राखिएको छ । उनीहरुको उडान समय साँझ ७ बजे रहेको छ ।

नेपाली कामदारलाई वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा महामारीको २० महिनापछि कामदार पठाउने काम शुरु भएलगत्तै आज पहिलो चरणमा कामदार पठाउन लागिएको घिमिरेको भनाइ छ ।

टिप्पणीहरू