नबिल बैंकद्धारा धादिङकोे गजुरीमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
नबिल बैंकले धादिङको गजुरीमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले गजुरीसगँ दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी समेत गरेको छ ।
बैकका संचालक श्रीमती आशा राणा अधिकारीको उपस्थितिमा गजुरी गाउपालिकामा आज आयोजित एक कार्यक्रम बिच नबिल बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत गणेश प्रसाद अवस्थी र गाउँपालिकाको तर्फबाट अध्यक्ष राजेन्द्र बिक्र्रम बस्नेतले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त साझेदारी मार्फत स्थानीय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई उद्यमका लागि गाउँपालिकाको सिफारीसमा बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र तेस्ता कार्यक्रम/तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।
उक्त कार्यक्रममा बोल्दै बैंक संचालक अधिकारीले यस सम्झौताले गजुरी गाउँपालिकामा रोजगारी सृजना र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताउनु भयो । त्यस्तै गजुरी गाउँपालिकाा का अध्यक्ष राजेन्द्र बिक्र्रम बस्नेतले नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गिय किसान तथा उद्यमीलाई बलियो बनाउने धारणा ब्यक्त गर्नुभयो ।
गाउँपालिका उपाध्यक्ष सिता ढुंगानाले वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम ल्याएको मा नबिल बैंकलाई धन्यवाद दिदै वित्तीय पहुँचलाई महिला तथा विपन्न वर्ग लक्षित बनाउनु पर्ने र त्यसका लागि गाउँपालिकाको सधै सहयोग रहने समेत बताउनु भयो । उक्त कार्यक्रममा स्थानिय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउँपालिकाा बासीहरुको समेत उपस्थिती रहेको थियो ।
नबिल बैंकले गत असार १५ गते धान दिवशको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको हो । सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले दिगोे बैंकिङ कार्यक्रम सार्वजानिक गरेकोे हो । कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा शुरु गरेको छ ।
बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुच न्युन भएका वर्गलाई लक्षित गरि कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासकोे लागि ल्याएको कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गरिे नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएकोे छ ।
टिप्पणीहरू