लात्ती मुड्कीमा पर्ने वकिलको आजै धर्ना

लात्ती मुड्कीमा पर्ने वकिलको आजै धर्ना

हिजोको भाइटीकापछि यो वर्षको तिहार सकिएको छ । अब बुधबार छठ पर्व परेको छ । दशैं,तिहार सकिँदा र छठ पर्व आउन लाग्दा पनि दुई वटा राजनीतिक दलको बिरोध भने जारी नै छ ।

नेपाली काँग्रेसको मुख्यालयमा १ सय दिनदेखि शुरु भएको आन्दोलन र विरोध कार्यक्रम पछिल्ला ठूला चाडबाडमा पनि जारी रह्यो । रौतहट जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीविरुद्ध रिले अनसन तथा धर्ना कार्यक्रम गर्दै आएको छ ।

उक्त बिरोध कार्यक्रम दशैंको महाष्टमी,महानवमी र विजयादशमीका साथै तिहारको लक्ष्मीपूजा,गोवर्धन पूजा तथा नेपाल सम्बत र भाइटीकाको दिनमा समेत भएको छ ।

सीके राउत नेतृत्वको जनमत पार्टीले पनि यसबीच आन्दोलनको घोषणा गरेको छ । सोही कार्यक्रमअनुसार कात्तिक १८ गतेदेखि २६ गतेसम्म डा. सीके राउतको जीवनीमा आधारित भिडियो प्रदर्शन गरिएको छ । उसले छठ पर्वको लागि छठ घाटमा पर्वअघि र पछि सरसफाई कार्यक्रम गर्ने भनेको छ ।

सर्वोच्च बारको प्राङ्गणमा अर्का अधिवक्ता बिराट न्यौपानेसङ्ग लात्ती मुड्की गर्ने अधिवक्ता भूमिनन्द चुडालको नेतृत्वमा आजै स्वतन्त्र युवाहरू भएर माइतीघरमा बिरोध कार्यक्रम हुने भनिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुले लगातार बेञ्च बहिष्कार गर्दै आएको बिरोधमा उक्त कार्यक्रम गर्न लागिएको जनाइएको छ ।

टिप्पणीहरू