संक्रमणबाट ज्यान जानेको संख्या घटेन, संक्रमित भने थोरै

संक्रमणबाट ज्यान जानेको संख्या घटेन, संक्रमित भने थोरै

आज मुलुकभर एक सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । पाँच सय ६३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणको कारण आज नौ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९ सय ८० जनामा पीसीआर तथा ३ सय ५३ जनामा एन्टिजेन गरी २ हजार ३ सय ३३ जनामा परीक्षण गरिँदा उक्त संख्या पुष्टि भएको हो ।

मुलुकभर अझै ७ हजार ७ सय १३ सक्रिय संक्रमित छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ४८ पुगेको छ । आज मुलुकभर कोरोनाबाट निको हुनेको दर ९७ दशमलब ७ प्रतिशत देखिएको छ ।

हाल काठमाडौंमा पाँच सय ६७ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा चार सय ३८ जना र ललितपुरमा पाँच सय एक जना संक्रमित छन् ।

टिप्पणीहरू