चिसोले सुरक्षाकर्मीहरु हायलकायल, माथिबाट झर्न थाले

चिसोले सुरक्षाकर्मीहरु हायलकायल, माथिबाट झर्न थाले

जाडोयाम शुरु हुँदै गर्दा बढेको यो वर्षको चिसोबाट जोगिन उच्च भेगमा रहेका सुरक्षाकर्मीहरुले न्यानो ठाउँ खोज्न थालेका छन् । उच्च हिमाली भेगमा हिउँ पर्न थालेको छ । विशेषगरी हिमाली भेगमा रहेका सुरक्षाकर्मीहरु आगामी चैतसम्मको लागि बेसी वा न्यानो ठाउँमा सर्ने गर्छन् ।

अहिले दार्चुलाको उत्तरी भेगमा रहेका प्रहरीहरु धमाधम तलतिर झरेको बताइन्छ । उत्तरी सीमा नजिकैको तिंकर चौकीमा रहेका प्रहरीहरु चिसो बढेपछि दुम्लिङमा झरेका छन् ।

तर सशस्त्र प्रहरी भने छाङरूमै बसेको छ । तुलनात्मक रुपमा तिंकरमा छाङरूमाभन्दा चिसो धेरै हुने बताइन्छ । सशस्त्रको छाङ्रुको भवनसमेत एक हदसम्म व्यवस्थित भएकाले नेपाल प्रहरीको चौकीलाई झैँ जाडोमा अन्यत्र सार्नु नपर्ने भएको हो ।

टिप्पणीहरू