सुन्धारामा विप्लवको सिठ्ठी जुलुस

सुन्धारामा विप्लवको सिठ्ठी जुलुस

नेपाल आयल निगमले इन्धनको भाउ बढाएपछि बिरोध कार्यक्रम हुँदै आएको छ । निगमले एलपी ग्यास, पेट्रोल लगायत सबै खालका इन्धनको मूल्यवृद्धि गरेपछि प्रदर्शन हुँदै आएको हो । सोही क्रममा आज नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले सुन्धारामा सिठ्ठी जुलुस निकालेर विरोध गरेको छ ।

आज मध्यान्ह विप्लव समूहले बिरोध कार्यक्रम गरेको हो । विप्लव निकट अखिल क्रान्तिकारी विद्यार्थीको काठमाडौ जिल्ला अध्यक्ष गोविन्द विष्टको नेतृत्वमा सम्पन्न कार्यक्रममा निकालिएको सिठ्ठी जुलुस खिचापोखरी, जुद्ध शालिक, इन्द्रचोक, असन हुँदै शान्ति बाटिकामा गएर कोणसभामा परिणत भएको हो ।

प्रददर्शनकारीले अखिल क्रान्तिकारी जिन्दावाद, जनमत संग्रहको घोषणा गर, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्वि खारेज गर, नालायक सरकार मुर्दावादलगायतका नारा लगाएका थिए ।

टिप्पणीहरू