पूर्वराजा ज्ञानेन्द्रद्वारा नरेफाँटमा आरती

पूर्वराजा ज्ञानेन्द्रद्वारा नरेफाँटमा आरती

पूर्वराजा ज्ञानेन्द्र शाह कोटेश्वरको नरेफाँटबाट भर्खरै निर्मल निवास, महाराजगञ्ज फर्कनुभएको छ । दिउँसो सत्य साई बाबाको ९६ औं जन्मोत्सव कार्यक्रममा भाग लिएर साँझ आरती गरेपछि उहाँ फर्कनुभएको हो ।

कोटेश्वरको नरेफाँटस्थित सञ्जय साई बृन्दावन आश्रममा आयोजित कार्यक्रममा पूर्वराजा प्रमुख अतिथि बन्नुभएको थियो । आश्रमका अध्यक्ष अमीर केसीको अध्यक्षतामा भएको साइ बाबाको जन्मोत्सव कार्यक्रममा भाग लिन उहाँ दिउँसो अपरान्ह ४ बजे त्यहाँ पुग्नुभएको हो ।

साँझ भजन र आरती गरेपछि प्रसाद ग्रहण गरेर पूर्वराजा निर्मल निवासमा पौने ६ बजे छिर्नुभएको बताइन्छ ।

टिप्पणीहरू