रास्वपामा नाम मात्रको प्राइमरी इलेक्सन भएको प्रमाण

रास्वपामा नाम मात्रको प्राइमरी इलेक्सन भएको प्रमाण

समानुपातिक उम्मेदवार छान्न रास्वपाले गरेको प्राइमरी इलेक्सन कार्यकर्तालाई छारो हाल्ने मेलो मात्र बनेको पाइएको छ । प्राइमरी इलेक्सनमा खस–आर्यतर्फ सबैभन्दा धेरै मत ल्याएका रमेश प्रसाईंलाई समानुपातिक सूचीको पाँचौँ नम्बरमा पारिएको छ भने तेस्रो नम्बरको मत पाएका विपिन आचार्यलाई पहिलो नम्बरमा उकालिएको छ ।

त्यसैगरी,खस–आर्य महिलातर्फ सबैभन्दा धेरै मत ल्याएकी रञ्जु दर्शानालाई दशौँ नम्बरमा राखिएको छ। तर छैठौं नम्बरमा मत पाएकी प्रतिभा रावललाई पहिलो नम्बरमा ल्याएर राखिएको छ ।

"विपिन आचार्य र प्रतिभा रावल दुवै सहकारी ठगी प्रकरणमा मुछिएको ग्यालेक्सी फोर के टेलिभिजनमा कार्यरत तथा रवि लामिछानेका निकट सहकर्मी हुन् । प्राइमरी इलेक्सनमा पछि पर्दा पनि उनीहरूलाई समानुपातिक सूचीको पहिलो नम्बरमा तानिएको हो । "

विपिन आचार्य र प्रतिभा रावल दुवै सहकारी ठगी प्रकरणमा मुछिएको ग्यालेक्सी फोर के टेलिभिजनमा कार्यरत तथा रवि लामिछानेका निकट सहकर्मी हुन् । प्राइमरी इलेक्सनमा पछि पर्दा पनि उनीहरूलाई समानुपातिक सूचीको पहिलो नम्बरमा तानिएको हो । विपिन आचार्य समानुपातिक छनोट समितिको संयोजक हुँदाहुँदै आफैँ समानुपातिक उम्मेदवार बनेको भनेर व्यापक आलोचना भएको थियो ।

यसरी सबैभन्दा धेरै मत प्राप्त गरेका रमेश प्रसाईं र रञ्जु दर्शाना भने समानुपातिकबाट सांसद बन्ने सम्भावना गुमाउने अवस्थामा पुगेका छन् ।

टिप्पणीहरू