गुण्डुको बफादार, हात हेराएपछि रास्वपा उम्मेदवार !

गुण्डुको बफादार, हात हेराएपछि रास्वपा उम्मेदवार !

नेकपा (एमाले) को भ्रातृ संस्था राष्ट्रिय युवा संघकी केन्द्रीय सदस्य श्रद्धा कुवँर क्षेत्री राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक उम्मेदवार बनेकी छन् । रास्वपाको बन्दसूचीमा उनको नाम महिला (खर्स/आर्य)तर्फ चौथो नम्बरमा राखिएको छ।

एमाले रुपन्देही जिल्ला कमिटी सदस्यसमेत रहेकी श्रद्धाले अध्यक्ष केपी शर्मा ओलीलाई लामो समयदेखि ‘बा’ र राधिका शाक्यलाई ‘आमा’ भन्दै आएकी थिइन् । ओलीसँग निकट भएकै कारण उनी संघको केन्द्रीय सदस्य बनेको भन्नेहरु जिल्लामा धेरै छन् । उनले ओलीसँग दर्जनौँ फोटो खिचेर विगतमा समाजिक सञ्जालमा प्रचार समेत गरेकी थिइन् ।

कतिपयले ज्योतिषलाई हात हेराएपछि उनले एमाले छाड्ने निर्णय गरेको बताए । केही दिनअघि ‘केटा साथी’ सँगै हात हेराउन जाँदा ‘ज्योतिषले जान खोजेको पार्टीमा निर्धक्क जानुस् भनेपछि मसक्क आँटेको चर्चा व्यापक भएको’ हो । श्रद्धा बालेन साहको टिमबाट सिफारिस भएकी हुन् ।

टिप्पणीहरू