बालेन पत्नी निर्माता, रवि दम्पति दर्शक

बालेन पत्नी निर्माता, रवि दम्पति दर्शक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पत्नी निकिता पौडेलले चलचित्र ‘झरीपछिको इन्द्रेणी’ हेरेका छन् । उनीहरुले आज कमलपोखरीस्थित बिग मुभिज पुगेर चलचित्र हेरेका हुन् । 

लामिछाने दम्पतिसँगै गशेश पराजुली, तोसिमा कार्की, गणेश कार्की, विनिता कठायतलगायतका नेताहरु पनि हल पुगेका हुन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको र्‍याप गीत समावेश भएको उक्त चलचित्रलाई अजुर्न घिमिरे (पाँडे)ले निर्देशन गरेका हुन् । रास्वपा नेता कार्कीकै पटकथा रहेको उक्त चलचित्रमा बालेन पत्नी सविना काफ्लेको लगानी रहेको बताइन्छ । बालेनका सहयोगी कुमार बेनको संयोजनमा लगानी जुटाइएको चर्चा मनोरञ्जन वृत्तमा छ । 

जेनजीको कथामा आधारित रहेको भनिएको चलचित्रको प्रचारप्रसारमा निर्माण टिमले कुनै कसर बाँकी नराखेपछि दर्शको साथ भने पाउन सकेन । चलचित्र विकास बोर्डका अनुसार चलचित्रले डेढ हप्तामा ६५ लाख हाराहारी मात्रै कलेक्सन गरेको छ ।

टिप्पणीहरू