वीरगञ्ज वरपर झन् धेरै चिसाे
पर्सामा चिसो बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले शैक्षिक संस्थाहरु थप तीन दिन बन्द गर्ने निर्णय गरेको छ । यसअघि भोलिबाट विद्यालय सञ्चालन गर्ने भनिएकोमा जाडो झनै बढेपछि महानगरले आज सूचना जारी गर्दै बिदा तीन दिन थप गरिएको जानकारी गराएको छ ।
महानगरका अनुसार वर्षे सट्टे बिदाबाट कट्टा हुनेगरी जाडो बिदा थप गरिएको छ । ‘केही दिनदेखि बढ्दो शीतलहरलाई मध्यनजर गरी वीरगञ्ज महानगरपालिकाअन्तर्गतका विद्यालय, मन्टेश्वरी र कोचिङहरुसमेत थप तीन दिन (पुस १६ गतेदेखि १८ गतेसम्म) का लागि वर्षे सट्टे बिदाबाट कट्टा हुनेगरी जाडो बिदा थप गरिएको जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।
टिप्पणीहरू